ad

हावाहुरीका कारण झापामा क्षति

image समाचारदाता बुधबार, जेष्ठ १६ २०८१
image
A+ A A-

झापा,जेठ १६ । गएराति आएको हावाहुरीका कारण झापामा क्षति पुगेको छ ।हावाहुरीले केही घरहरु उडाएको छ भने विजुलीका पोल र रुखहरु ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

त्यस्तै मकै , तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको बताइएको छ ।राति चट्याङसहित हावाहुरी चलेपनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी प्राप्त आइनसकेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।