ad

हावाहुरीले केराखेतीमा क्षति

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

‘बगानमा केराका कोसा राम्रै थिए । मूल्य आउला भन्ने आशा थियो । तर शुक्रबार र शनिबार ठूलै हावाहुरी आएपछि केराका सबै बोट ढले । अब कुनै पनि केरा बेच्न सकिने भएन,’ घिमिरेले भने । चितवनमा २ हजारदेखि २५ सय बिघामा लगाएको केरा ढलेको उनको भनाइ छ ।

घिमिरेका अनुसार चितवनमा ३ हजार ५ सय बिघामा केरा खेती हुन्छ । विवरणहरू संकलन भइरहेका कारण १२ करोड रुपैयाँ बराबरको केरा हावाहुरीले नोक्सान गरेको हुन सक्ने उनले अनुमान लगाए । ‘चितवनमा केरा खेती धेरै हुने भनेको पूर्वी भेगमा हो । कालिका, रत्ननगर, राप्ती र खैरहनीका ठूला बगानमा सद्दे केराको रूख देख्नै गाह्रो छ,’ संघका महासचिव जनकराज पन्तले भने । भरतपुरसहित मंगलपुर जगतपुरमा त्यति क्षति नभएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ भरतपुरका कृषि अधिकृत इन्द्र ढुंगानाले क्षतिको विवरण संकलन भइरहेको बताए । ‘छिप्पिँदै गरेका केरा हुन् । केही दिनपछि बजार पठाउन मिल्थ्यो । अब बोट ढलेको केरा बिक्री हुँदैन,’ ढुंगानाले भने । किसानलाई ढलेको बोट हटाएर नयाँ बगान तयार गर्न थप खर्च लाग्छ । आसिका भन्छिन्, ‘अब यी ढलेका बोट हटाउनै ८–१० लाख रुपैयाँ लाग्छ ।’