समाचारदाता
मङ्गलबार, जेष्ठ १५ २०८१
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोगको देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेका हुन्। देवकोटालाई बिहीबार शपथग्रहण गराइएको थियो।
देवकोटा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ का हुन्। मुख्यमन्त्री पाण्डेले देवकोटालाई पहिलो कार्यकालमा पनि उपाध्यक्षमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री पाण्डे पनि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ का हुन्।