ad

भद्रपुरमा प्रयोगशालाको उदघाटन

image समाचारदाता सोमबार, जेष्ठ १४ २०८१
image
A+ A A-


भद्रपुर,१४ जेष्ठ । झापाको भद्रपुर स्थित महेशपुर स्वास्थ्य चौकीमा रहेको प्रयोगशालाको आइतवार उदघाटन भएको छ । नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतित्थ्यता तथा वडा न. ३ का वडा अध्यक्ष हेम बहादुर कार्किको अध्यक्षतामा प्रयोगशालाको उदघाटन गरिएको हो ।

पुरुषोत्तम खरेल, मनोज भट्टराइ, नेत्रप्रसाद दाहाल, सुरज तामाड्ग, चेतन थापा मगर, भक्त बहादुर परियार लगायतले शुभकामना मन्त्व्य राख्नुभएको कार्यक्रममा स्वागत सुमन भट्टराइ तथा संचालन स्वास्थ्य चौकी प्रमुख गोविन्द सिंह राजवंशीले गर्नुभएको थियो ।