ad

झापाको भद्रपुरमा नाटक 'विराएको वाटो' मन्चन

image समाचारदाता मङ्गलबार, जेष्ठ १५ २०८१
image
A+ A A-

भद्रपुर,१५ जेष्ठ । झापाको भद्रपुरमा वाल विवाह तथा लागु औषध सम्वन्धी जनचेतना मुलक नाटक 'विराएको वाटो' मन्चन गरीएको छ । भद्रपुर नगरपालिकाको सहयोग र सत् मिलन महिला समूहको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता तथा  निवर्तमान नगर प्रमुख जीवन कुमार श्रेष्ठको विषेश आतिथ्यतामा भएको कार्यक्रममा भद्रपुर न.पा. वडा न. ७ का वडाध्यक्ष अभिषेक ढुङाना, विभुती विद्या मन्दिरका संचालक गोविन्द लम्साल, अधिवक्ता भरत प्रसाई, नर्सिङ अधिकृत उपमा शिवाकोटी, नेपाली कांग्रेस महिला नेतृ उर्मिला गौतम, विरेन्द्र मा.वी. विज्ञान शिक्षक छवि वराल, साहित्यकार कृष्ण अनमोल,  प्रान्जल साधन केन्द्रका संचालक खेमराज दहाल, सल्लाहकारहरू महेन्द्र कोईराला, भुपालमान कार्की, मन्जु दाहाल, सावित्रा न्यौपाने  लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष यसोदा कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मन्जु दहाल पोखरेलले राख्नुभएको थियो भने  कार्यक्रमको संचालन संस्थाका सचिव मेनका शर्माले गर्नुभएको थियो