ad

हल्दीवारीमा नौमती वाजा वजाउने तालिम

image समाचारदाता सोमबार, जेष्ठ १४ २०८१
image
A+ A A-

 

भद्रपुर ,१४ जेठ ।हल्दिबारी गाउँपालिकामा महिला दिदीबहिनीहरुलाई लक्षित गरेर नौमती बाजा बजाउने तालिम शुभारम्भ भएको छ।
संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा जेठ १३ गतेबाट सुरु भएको तालिम १५ दिन संचालन हुनेछ।
महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दिबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले बताइन।
आजभोलि धेरै जसो शुभ कार्यमा नौमती बाजा बजाउने प्रचलन रहेको छ भने बाजा बजाउने समूहको भने कमि रहेकोछ। त्यसैले त्यो आवश्यकता आफ्नै ठाउँमा पूरा गर्न आयोजना गरिएको तालिममा सहभागीहरूले राम्रो सँग सिकेर समूह बनाएर आए व्यवसायीक बनाउन गाउँपालिकाले बाजागाजा तथा पोशाकमा सहयोग गर्ने आजका प्रमुख अतिथि एवंम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्रतिबद्धता व्यक्त गरेका थिए।
महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दिबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले बताइन।
संयुक्त महिला आवाज हल्दिबारी कि अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा,४ नं वडाध्यक्ष सन्तकुमार थापा, संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खडका गणेश, गोलधाप प्रहरी चौकी ईन्चार्ज संजय चौधरी लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तब्य शारदा लिङदेनले राखेकी थिइन भने संचालन संस्थाकी सचिव रेनुका राईले गरेकी थिइन्।
तालिममा हल्दिबारी गाउँपालिकाका ५ वटै वडाका महिलाहरूको सहभागिता रहेको छ। तालिमको मुख्य प्रशिक्षक राजकुमार शिवा रहेका छन्।