ad

भन्सारमा किन अड्कियो झण्डै १३ लाख लिटर पाम तेल ?

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

भन्सार छुटाउने विषयमा विवाद देखिएपछि आयातकर्ता कम्पनी उच्च अदालत पाटनमा पुगेको थियो । पाटन उच्च अदालतले वैशाख २५ गते फैसला गर्दै कच्चा तेल र प्रसोधित तेलको भन्सार महशुल फरक-फरक हुने भन्दै भनेको छ, मालवस्तु समयमा नै जाँचपास नहुँदा विलम्ब शुल्क बढदै जाने एवं मालवस्तु नोक्सान हुन जान सक्ने नि देखिन आउँछ ।

सो हुन गएमा ठुलो परिणामको मालवस्तु देखिँदा निवेदकलाई अपुरणीय क्षति हुन जाने देखिन्छ । अदालतको आदेशमा भन्सार विभागको प्रयोगशालाको रिपोर्टलाई उधृत गरिएको हरफमा आयातकर्ता उद्योगका लागि कच्चा पदार्थ भनी मान्न मिल्ने देखिएको छ । सो रिट निवेदनको फैसला हुँदा ठहरे बमोजिम हुने गरी तत्कालका लागि कच्चा पदार्थ र प्रसोधित तेलको भन्सार शुल्कबीच फरक पर्ने रकम धरौटी स्वरुप लिएर मालबस्तु जाँच पास गर्नु भनिएको छ ।

भन्सार विभागको प्रयोगशालाले गत जेठ १४ मा तयार पारेको परिक्षण प्रतिवेदनमा परीक्षण नमुनाका चरित्रहरु कच्चा सोयाबिन तेलको चरित्रसँग सन्निकट देखिएकाले प्राविधिक दृष्टिमा उक्त नमूना कच्चा तेल हुने देखिएको उल्लेख गरेको छ ।