समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
सम्मेलनमा वक्तृत्वप्रतियोगिता आयोजना गरिएको थियो जसमा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगिताको शीर्ष तीन स्थानमा नेपाली प्रतियोगीहरूले विजयी भएका थिए । प्रतियोगितामा विजयी भएका साहिल बराल पब्लिक स्पिकिङको वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सम्भावना बोकेर क्षेत्रीय प्रतियोगितातर्फ अघि बढिरहेका छन् । फस्ट रनरअप दिपेश चालिसे र सेकेन्ड रनरअप वैशाली प्रधान भइन् ।
‘टोस्टमास्टरको डिस्ट्रिक्ट ४१ ले उत्तर भारत र नेपालका केही भागहरू समेट्छ’ निर्वाचित भएलगत्तै मुनले भनिन्, ‘यस क्षेत्रको निर्देशकका रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको छ ।’
वाक्कलाको विकास गर्नका लागि स्थापना गरिएको अन्तराष्ट्रिय क्लब टोस्टमास्टरको १४८ देशहरूमा ४२ हजारभन्दा बढी क्लाब र २ लाख ७० हजारभन्दा बढी मानिसहरु सदस्य छन् ।