ad

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

image समाचारदाता सोमबार, जेष्ठ १४ २०८१
image
A+ A A-

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

नागरिकतासम्बन्धी प्रकरणमा प्रहरीले गतसाता मंगलबार सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो।