समाचारदाता
शुक्रबार, जेष्ठ १८ २०८१
विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल 'श्वेत शार्दूल' प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँ बानेश्वरस्थित सभाहलमा तालिम सञ्चालन गरेको थियो ।
शनिबार तालिम समापन गर्दै कलेज प्रमुख बाबुराम अधिकारीले मदन भण्डारी कलेजअन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्देश्यकासाथ तालिम आयोजना गरिएको बताए । अधिकारीले कलेजको उद्देश्य पूरा भएकोमा खुसी व्यक्त गर्दै विश्व विद्यालय अनुदान आयोग, श्रोतव्यक्ति, कलेजका कर्मचारी तथा सहभागी शिक्षकहरू सबैलाई धन्यवाद ज्ञापन गरे ।
तालिम उद्घाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक देवराज अधिकारीले गरेका थिए । उक्त अवसरमा उनले विश्व विद्यालयअन्तर्गतका आंगिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासका लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताएका थिए ।
अध्यक्ष एवम् कलेज व्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिमपश्चात् मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरेका थिए । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले अध्ययन/अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रक्रिया भएको बताए ।
तालिममा प्राध्यापकहरु प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुसाल र विनोद पोखरेल, भीमलाल गौतम र अञ्जय मिश्रले सहजीकरण गरेका थिए ।