ad

अपराजित रहँदै अल हिलाल च्याम्पियन

image समाचारदाता मङ्गलबार, जेष्ठ १५ २०८१
image
A+ A A-

एजेन्सी – अपराजित रहँदै अल हिलाल यस सिजन २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ । चार खेल बाँकी रहँदै च्याम्पियन बनिसकेको अल हिलालले लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गर्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको अल हिलालले यो सिजन प्रो लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुल्यो । हिलालले १०१ गोल गर्दा केवल २३ गोल मात्रै बेहोर्यो ।

अल हिलालले यो सिजन युरोपेली फुटबलमा प्रभाव जमाएका नेयमारसहति यासिर बोनोउ,कालिडोउ कोउलीबेली, रेनान लोडी, सेर्गेज मिलिन्कोभिच साभिक, रुवेन नेभेस, माल्कोम, एलेसान्दार मित्रोभिच र मिचेललाई भित्र्याएका थिए । चोटका कारण नेयमार भने सिजन भर नै टोलीबाट बाहिर रहे ।

किङ अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा सोमबार राति भएको खेलमा अल हिलालको जितमा मोहम्मेद कानो र एलेक्सान्दर मित्रोभिचले गोल गरे । अल वेदाका यायानाजीले एक गोल फर्काए ।

खेलको १९औं मिनेटमा कानोले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाए । ७७औं मिनेटमा नाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा मित्राभिचले गोल गर्दै खल हिलाललाई जित दिलाए ।

यस हारसँगै अल वेदा ३४ खेलबाट ३६ अंक जोडेर १३औं स्थानमा रह्यो । शीर्ष तीनमा रहेका अल हिलाल, अल नासर र अल एलीले एएफसी च्याम्पियन्स लिग खेल्नेछ । अल तावनले एएफसी कप खेल्नेछ ।

करिम बेन्जेमा, जोटा, एङगोलो कान्टे, फाविन्हो र लुइज फिलिप सम्मिलित अल इतिहाद चौथो स्थानमा रह्यो । अभा, अल ताइ र अल हाजिम रेलिगेसनमा परेको छ ।