समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
उनले भने, 'सन् २०२४ मा १६ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौँ । कसरी भित्राउने भन्ने सम्बन्धमा गृहकार्य गर्ने क्रममा छौँ । खासगरी साहसिक पर्यटनलाई कसरी आकर्षित तुल्याउने ? धार्मिक र सांस्कृतिक पर्यटकलाई कसरी आकर्षित तुल्याउने ? भन्ने कुरादेखि लिएर अन्य व्यवस्थापकिय पक्षलाई कसरी सुधार गर्ने ? भन्ने कुराहरुको सोँच बनाइराखेका छौँ । हवाई सेवालाई कसरी सुलभ, सरल, प्रभावकारी बनाउने भन्ने कुराहरु पनि यसमा जोडिन्छ । त्यतिमात्रै होइन लुम्बिनीमा बौद्ध धर्मावलम्वीहरु आउँछन् तर हवाइ सेवा भरपर्दो र नियमित रुपमा दिन सकेका छैनौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या कसरी समाधान गर्ने भन्ने छ ।'
मन्त्री तामाङले काठमाडौंमा पूर्वीय संस्कृतिको केन्द्र पशुपति रहेको भन्दै धार्मिक हिसावले समेत नेपाल महत्वपूर्ण रहेको बताए ।
'पर्यटकलाई बढीभन्दा बढी समय बिताउने खालको अरु सुविधाहरुको थप विकास कसरी गर्न सकिन्छ भनेर सोच्नौँ । मोटामोटी लक्ष्य निर्धारण गरेका छौँ । लक्ष्य पूरा गर्न कार्यक्रमिक रुपमा धेरै वर्कआउट गर्नुपर्ने अवस्था छ । आगामी दिनमा नेपालमा पर्यटन क्षेत्र अरु क्षेत्रभन्दा वैदेशिक मुद्रा आर्जन गर्नेदेखि लिएर रोजगार सिर्जना गर्ने कुरा लिएर, नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने पर्यटन क्षेत्र नै हो भन्ने अनुभुति गराउने हिसावले अगाडी बढ्नुपर्छ भन्ने सोच छ,' उनले भने ।