ad

सन् १९८० मा आजकै दिन : सीएनएनको प्रसारण

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

अमेरिकी राज्य ओहायोको सिन्सिनाटीमा १९३८ नोभेम्बर १९ मा जन्मिएका टर्नर आफ्नो परिवारसहित जर्जिया सरेका थिए । उनका पिता बिलबोर्ड विज्ञापनको काम गर्थे । पिताको मृत्युपछि उक्त व्यवसाय सम्हालेका टर्नरले १९७० मा एटलान्टा टेलिभिजन स्टेसन खरिद गरे । १९७५ मा टर्नरको कम्पनीले टेलिभिजन प्रसारणका लागि पहिलो पटक नयाँ कम्युनिकेसन स्याटेलाइट प्रयोगमा ल्यायो । उक्त टेलिभिजनलाई १९७९ मा टर्नर ब्रोडकास्टिङ सिस्टम नाम दिइएको थियो । त्यसको एक अंगका रूपमा १९८० मा स्थापित सीएनएन हाल विश्वका दुई सयभन्दा बढी देशका जनतामाझ उपलब्ध छ ।