ad

'ह्रश्व दीर्घ' असोज ३ मा

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

काठमाडौँ — अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको फिल्म 'ह्रश्व दीर्घ' असोज ३ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मलाई एक हप्ता अगाडि सार्दै प्रदर्शन मिति परिवर्तन गरेको हो । 

चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ । फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा खिचिएको हो ।

अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।