समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
काठमाडौँ — ट्वान्टी-२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । बार्बाडोसको ब्रिजटाउनमा भएको समूह 'बी' को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।
ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल टाइ भएको हो । मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको हो ।
अन्तिम ओभरमा जितका लागि नामिबियालाई ५ रन मात्र चाहिए पनि एकपछि अर्को विकेट गुमाएपछि हार बेहोरेको हो । निकै नै किफायती बलिङ गरेका मेहरन खानले अन्तिम ओभरको पहिलो र तेस्रो बलमा २ विकेट लिए । त्यस्तै अन्तिम ओभरको दोस्रो बल डट फ्याँकेका उनले चौथो बलमा १ रन, पाँचौँ बलमा २ र छैँटौँ बलमा १ रन दिएका थिए ।
नामिबियाका लागि जेन फ्राइलिंकले ४५ रन बनाए । त्यस्तै निकोलस डेभिनले २४ रन बनाउँदा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाए ।