ad

पत्रकार विजय नेपाल पुरस्कृत

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

पोखरा — दुई दशकदेखि पत्रकारितामा सक्रिय विजय नेपाल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभाको अवसरमा पत्रकार नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका हुन् ।

पाल्पाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत छन् ।

सो अवसरमा अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पोखरा-१० निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए ।